
१५ जनवरी २०२३को दिन पोखरा अन्तर्राष्ट्रिय विमान स्थल निकट भएको अकल्पनीय जहाज दुर्घटनामा परी दिवङ्गत भएका ७२ जना यात्रुहरुको नाममा ग्रीनवीच काउन्सिलले स्मृति दिवसको आवसर पारेर आयोजना गरेको श्रद्धाञ्जली सभामा डिबिसी यूकेलाई मोन्लम पाठ(दिवंगतहरुको आत्म चीर शान्तिका लागि) निमन्त्रणा आएको हुँदा शुक्रबार, १० फरवरी २०२३को साँझ विलविच स्थित टाउनहलमा डिबिसी युकेका प्रमुख धर्म गुरु, श्रद्धेय लोपेन सोनम गुरुंग, डिबिसी युकेका अध्यक्ष योगेश गुरुंग लगायत निम्न कार्यसमितिका सदस्यहरुले सहभागिता जनाई दिवंगतहरुको नाममा मोन्लम पाठ कार्य सम्पन्न गरेका थिए ।

१) धर्म गुरु लेपेन सोनम गुरुंग
२) योगेश गुरुङ (अध्यक्ष )
३) शर्मिला हिराचन (उपाध्यक्ष )
४) रत्न गुरुङ
५) सरिता शेरचन
६) रीना गुरुङ
७) बिजय बज्राचार्य
८) निलम गुरुङ
९) चिज कुमारी गुरुङ
१०) भीम कुमारी गुरुङ
११) चन्द्रकला गुरुङ
१२) मायारनि गुरुङ
१३) अनिता गुरुङ
१४) बिन्दु गुरुङ
१५) बनु गुरुङ
१६) मोहन गुरुङ



