डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोश्रो अधिवेशन सम्पन्न

२९ मई २०२२को दिनमा संस्थापक अध्यक्ष श्री सुमलकुमार गुरुङकाु अध्यक्षतामा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोश्रो अधिवेशन विलेनहाल, वुलविच स्थित आफ्नै गुम्बामा सम्पन्न भएको छ । यस धार्मिक सस्थाका मुलगुरु, खेन्पो शिरलामा (थुप्तेन येशे) गुरुङको अष्टमंगल प्रार्थना सहित द्वीप प्रज्वलन गरी दोश्रो अधिवेशन शुभारम्भ भएको थियो । सर्वसम्मत यस गरिमामय अधिवेशनमा योगेश गुरुङको नेतृत्वमा १५ सदस्यीय दोश्रो कार्यकारी समितिको गठन भएको  छ । संस्थाका संस्थापक अध्यक्ष, सुमलकुमार गुरुङलाई अधिवेशनले गुम्बा निर्माण कार्यमा उनको विशेष योगदानलाई कदर गर्दै संस्थाका अभिभावक वा संरक्षकको रुपमा चयन गरेको छ ।

अधिवेशनमा पाँच दर्जनजति संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । यस अधिवेशनलाई महासचिव योगेश गुरुङले सन्चालन गरेका थिए तथा समाजकी उपाध्यक्ष मिना गुरुङले आफ्नो सारगर्भित सम्बोधनमा भावुक हुँदै अधिवेशनमा उपस्थित सबैलाई स्वागत गरेकी थिईन । यस पछि संस्थाका प्रमुख सल्लाहकार, राम गुरुङले आफ्नो शुभकामना सम्बोधन संस्थाको हितको बारेमा एकजुट भएर अघि बढ्ने सुझाव दिएका थिए । अन्य मन्तव्य प्रकट गर्नेहरुमा क्रमश:  हरिगोबिन्द गुरुङ, पूर्व अध्यक्ष आरजिएनएस यूके, हरि गुरुङ (अध्यक्ष फेदिखोला समाज यूके), शिवराम गुरुङ, बिईएम (अध्यक्ष पन्चासे समाज यूके), ओम प्रसाद गुरुङ, पूर्व अध्यक्ष जिगेसा तथा क्या.रि. कमल गुरुङ, पूर्व अध्यक्ष तमु  ट्हो ह्यूल, हङकङ रहेका थिए । सभाध्यक्ष, सुमलकुमार गुरुङले गला आबरुद्ध गर्दै अधिवेशनलाई डिबिसी यूकेको हिजो र आजसम्मको विस्तृत जानकारी पावरप्वाईन्टको माध्यमबाट प्रस्तुत गरेका थिए । महासचिव, योगेश गुरुङ र कोषाध्यक्ष, सुर्जा गुरुङ दुबैले प्रस्तुत गरेका प्रतिवेदनहरुलाई अधिवेशनले अनुमोदन गरेको थियो ।

संस्थाका सबै सदस्यहरु क्रियाशील भएर बौद्धधर्म अभ्यासका लागि लन्डनमा पहिलो ऐतिहासिक गुम्बा खरिद गरी १६ मई २२को दिनमा उद्घाटन गर्ने प्रसङ्गहरु व्यक्त गरी रहँदा भाव विव्हाल भएर सबैका आँसु रसिएका थिए । यो एउटा गौरवको क्षण थियो ।

यसै दौरान दानकर्ता श्रद्धालुहरुबाट संस्थालाई दानहरु पनि बोलेका थिए । सबै प्रतिवेदनहरु अनुमोदन भएपछि सभाध्यक्षले सबैलाई धन्यवाद ज्ञापन गरी पहिलो कार्यकारी समितिलाई  विघटन भएको घोषणा गरे र तीन सदस्यीय क्रमश: हरि गुरुङ, निर्वाचन आयुक्त, राम गुरुङ र श्याम शेरचन सदस्य रहेको निर्वचन समितिलाई नयाँ कार्यकारी समिति गठन गर्न अनुरोध गरेका थिए । ४० मिनटको बन्दसत्र राखेको थियो र त्यसपछि बडो शालिनताका साथ सर्वसम्मतमा योगेश गुरुङको अध्यक्षतामा दोश्रो कार्यकारी समितिको गठन भयो । पदाधिकारीहरुमा क्रमश: अध्यक्ष, योगेश गुरुङ, उपाध्यक्ष द्वय चन्द्र प्रसाद गुरुङ (वरिष्ठ) शर्मिला हिराचन, महासचिव, हेम प्रसाद छन्त्याल, कोषाध्यक्ष, रत्ना गुरुङ निर्वाचित भएका छन । सहकोषाध्यक्ष र सहसचिवको हकमा विशे बैठकको आयोजना गरेर पदपुर्ती गर्ने निर्णय अधिवेशनले गरेको छ ।

निर्वाचन आयुक्त हरि गुरुङले नवनिर्वाचित दोश्रो कार्यकारी समितिलाई शपथ ग्रहण गराई खादा सहित सम्मान गरेको थियो । निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङलाई पनि सङ्रक्षक बनेको उपलक्ष्यमा खादा, पुष्पगुच्छ दिएर विदाई गरेको थियो । नव निर्वाचित अध्यक्ष तथा संस्थापक अध्यक्षले सबैलाई धन्यवाद ज्ञापन गरै पश्चात निर्वाचन मण्डलीले अधिवेशन समापनको घोषणा गरेको थियो ।

 

Scroll to Top